क्यूवामाथि अमेरिकाको पुनःप्रतिवन्ध, संकटमा सम्बन्ध

४ असार आईतवार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौता रद्द गर्दै पुनः नाकाबन्दीको घोषणा गरेका छन् । उनले ओवामा प्रशासनले गरेका सम्झौतामा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएका हुन् ।
सन् १९६१ देखि उत्तरी धुब्रको अमेरिका र ल्याटिन अमेरिकी राष्ट्र क्यूवाबीच रहँदै आएको तनाब अन्त्य गर्न घोषणासहित ओवामा प्रशासनले २०१४ देखि क्युवा नीतिमा परिवर्तन गरेको थियो । क्युवामा आफ्ना नागरिकलाई यात्रामा लगाइएको प्रतिवन्ध ओवामा प्रशासनले लगाएको थियो ।
ओवामाले क्यूवामा व्यापार माथिको कडाइलाई केही सहज बनाएका थिए । अमेरिकी व्यापारिहरु क्यूवा प्रवेश गर्न थालेका थिए । तर ओवामा प्रशासनले लिएको क्यूवा नीतिलाई ट्रम्प प्रशासनले उल्टाउँदै पुनः प्रतिवन्ध लगाएको हो ।
शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई खारेज गरेको जनाएको छ । योसँगै क्यूवा अमेरिका सम्बन्धलाई २०१४ अगाडि फर्काउने प्रयास भएको विश्लेषण गरिएको छ ।
मयामीमा क्युवाली अमेरिकी नागरिकहरुको एक समारोहमा समबोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका साम्यवादी दमन र कम्यूनिष्ट अप्रेसन प्रति चुप नबस्ने बताउँदै ओवामा प्रशासनले क्युवामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेको दाबी गर्दै त्यसलाई खारेज गरेको घोषणा गरेका थिए ।
ट्रम्पले अमेरिका–क्यूवा सम्बन्ध सम्बन्धित कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दै उनले क्यूवा माथि प्रतिवन्ध लगाइएपछि कुटनीतिक सम्बन्ध भने नतोडेको बताएका छन् । उनले क्यूवामा रहेको अमेरिकी दुतावास भने बन्द नगरिनेसमेत उनले बताएका छन् ।
भविष्यमा दुई देशबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा क्यूवाले आफ्नो देशमा गणतन्त्र र आर्थिक सुधारका लागि गर्ने प्रयासहरुमा निर्भर रहने उनको भनाइ थियो ।
उनले ओवामा प्रशासनको सम्झौतालाई एकपक्षीयको संज्ञा दिँदै खारेजीको घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसैबीच क्यूवाका राष्ट्रपति राहुल क्यास्ट्रोले ट्रम्पको क्यूवामाथिको टिप्पर्णी अधिनायकबादी लफ्फाजिको संज्ञा दिएका छन् । ट्रम्पको सो बयानले दुई देशबीचको दुरी बढाउँदै लाने क्यास्ट्रो प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘पछिल्ला दुई वर्षले दुई देशहरु सहकार्य र सहअस्तित्वमा रहन बाटोमा थिए’, उनको विज्ञप्तिमा भनिएको छ, ‘तर ट्रम्पको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध बिग्रार्ने छ ।’
हवानले अमेरिकासँग सम्मानजनक सम्बाद चाहेको क्यूवाको सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै ‘दी हिल’को अनलाई संस्करणमा उल्लेख छ ।
२०१४ को डिसेम्बरमा झन्डै पाँच दशक पछि क्युवा र अमेरिकाबीचको सम्बन्धमा ठूलो परिवर्तन गरिएको थियो । तत्कालिन राष्ट्रपति ओवामाले क्युवा र अमेरिकको सम्बन्धलाई सामान्य अवस्थामा पु¥याउने पहल गर्दै सन् २०१६ मा क्यूवाको भ्रमण गरेका थिए । त्यसपछि पहिलो पटक अमेरिकामा क्युवाको झण्डा फहराएको थियो । त्यस्तै अमेरिकी जहाज लिएर ओवामा प्रशासनका मन्त्री हवानामा ओलिएको थिए । त्यस्तै अमेरिकी झण्डा समेत हवानामा फहरिएको थियो ।
ट्रम्पको यो निर्णयसँगै दुई वर्ष अगाडि अन्त्य भएको अमेरिका क्यूवाबीचको सीत युद्ध पुन सुरु हुने र कुटनीतिक सम्बन्ध पनि तोडिन सक्ने सिन्ह्वाले जनाएको छ । फिडेल क्यास्ट्रो नेतृत्वमा क्यूवामा क्रान्ति सम्पन्न भएको दुई साल पछि दुई देशबीच कुटनीतिक सम्बन्ध तोडिएको थियो । भने फिडेल क्यास्त्रोका भाई राहुल र ओवामाको प्रयासमा सम्बन्ध पुनःस्थिापित भएको थियो ।