बेलायतको लन्डनमा २७ तले भवनमा आगलागी

काठमाडौं, ३१ जेठ । बेलायतको लन्डनको एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा भएको छ ।
पश्चिम लन्डनमा अवस्थित अवस्थित उक्त भवनमा भएको आगलागीबाट ३० जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बुधबार बिहान २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ ।

आगलागी कसरी भयो भन्नेबारे प्रहरीले औपचारिक रुपमा बताएको छैन । उसले अनुसन्धान भइरहेको बताएको छ । इस्लामिक स्टेट आइएसले जुनसुकै ठाउँमा जति बेला पनि हमला गर्न सक्ने धम्की दिइरहेको बेला यो घटना भएको छ ।

यस आगलागीलाई सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क्स्थित वर्ल्ड ट्रेड सेन्टरमा गरिएको आक्रमणसँग पनि जोडेर हेरिएको छ ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध.लयलकतयउपजबदबच.अयmरमभतबष्)िउबनभ.उजउ?ष्म.ज्ञटण्डढ३कतजबकज.च्मःज्क्भ्जm.मउगा