हिमालयन सेर्पालार्इ हराउँदै अायोजक झापा फाइनलमा

झापा । आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

खेलअवधिभर झापाका सामु हिमालयन शेर्पा निरीह देखियो । खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् । रजिन धिमालको लामो पासलाई कर्णले हेडमार्फत नाटकीय गोल गरे । दोस्रो हाफमा झापाले थप ३ गोल ग¥यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे ।