लाखौं चप्काउदैं गए ट्राफिक प्रमुख भेटवाल

भेटवालले ई–रिक्सा पसलेहरुसँग रु २० लाख रकम खाएको खुलासा

चितवन/चितवनका ट्राफिक प्रमुख रहेका राजन भेटवालले लाखौं रुपयाँ चप्काएर शरुवा भई गएका छन् । नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै भेटवालल ई–रिक्सा लगाएतका व्यवसायीहरुबाट लाखौं रकम उठाउन सफल भएका हुन् ।
ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले समेत बताएका छन् । नारायणगढ भरतपुर बजार क्षेत्रमा आवश्यक भन्दा बढी सवारी भित्र्याउन भुमिका खेली लाखौ कुम्ल्याउन सफल भेटवाललाई कार्वाही हुनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिएका छन् । ३६० वटा भन्दा बढि ई–रिक्सा सामुहिक रुपमा जम्मा गराई सञ्चालन गर्न दिए बापतपलिो किस्तामा मात्र भेटवालले ई–रिक्सा पसलेहरुसँग रु २० लाख रकम खाएको कुरा खुल्नमा आएको छ । हामीलाई प्राप्र्त  एक विश्वस्त सुचना अनुसार भेटवालले लिएको रु २० लाख मध्ये केही रकम तत्कालिन प्रहरी प्रमुख बसन्त कुबँर, भरतपुर उप–महानगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम कँडेल लगाएतलाई समेत बाँडेको तथ्य खुल्नमा आएको हो ।
ई–रिक्साबाट मात्र होइन भेटवालले चितवनका टेम्पो, म्याजिक लगाएतका अन्य समितीबाट समेत मासिक बुझ्ने गरेको पिडित व्यवसायीहरुले बताएका छन् । टेम्पो र म्याजिक समितिबाट मात्र होइन पछिल्लो समय भित्रिएको तिन पाङ्ग्रे अटो रिक्सा र नगरबसबाट समेत भेटवालले लाखौ रकम चप्काएको श्रोतले दाबी गरेको छ । यातायात ब्यवस्था कार्यालय नारायणी वीरगञ्जले भरतपुर बसपार्कबाट गैडाकोट सम्म सञ्चालन अनुमति दिएको नगरबस भेटवालले जथाभावी चल्ने छुट दिएबापत समेत रकम खाएको खुल्नमा आएको छ । व्यवसायीसगँ सिधै अलअिलि रकम त् दिनुप¥यो नी भन्दै सिधै रकम माग्ने गरेको भएपनि उनलाई उपल्लो निकायले कारबाहीको सट्टा पुरुस्कार गरेकोमा समेत व्यवसायीहरु आश्र्चयचकित परेका छन् । भेटवालले मापसे गरको भनि चितवनका एक जना युवाको लाईसेन्स प्वाल पारिदिएका थिए, जो पछि मेडिकल रिपोर्टमा मापसे नगरेको भेटिएको घटनाले पनि भेटवालको असलियत उदाङ्गिएको थियो ।
यसरी आफ्नो ब्यक्तिगत स्वार्थको लागि कानुन मिच्ने र चितवनको यातयात क्षेत्रलाई अस्त व्यस्त एवं अब्यवस्थित भिडभाड पैदा गराउने भेटवाललाई किन कारबाही भएन ? के भेटवाल एक्लैले झण्डै करोडौ रकम चप्काएका हुन् या माथि सम्म बुझाएको कारण उनको हर्कतहरु देखी उपल्लो निकाय बेखवर जस्तो देखिएको हो । यस विषयमा सरोकारवाला चितवन प्रहरी, मध्य क्षेत्रिय प्रहरी कार्यलय हेटौडा र जिल्ला प्रशासन कार्यालयले समेत अनुसन्धान र छानविन गरी सत्य तथ्य के हो, जनतालाई स्पष्ट पार्न सक्नु पर्ने हो । तर यहाँ त् तै चुप, मै चुप, सबै चुपको अवस्था देखिन्छ । यस्को अर्थ भेटवाल एक्लैले मात्र नभई मिलिभगतमै रकम चप्काएको पो हो की ? कि क्या हो ?
अतः यातायात ब्यवसायी र सरोकारवाला निकायहरुले यस विषयमा छानविन गरी यर्थाथ बाहिर ल्याई दोषाीलाई कार्वाही गर्न सक्नु पर्दछ । यसै विच यस विषयमा भेटवालसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।