आयो मोदी डक्ट्रिनः चीनसँगको सम्झौता खतरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल ‘डक्ट्रिन’ सफल भएको भारतीय एक प्राध्यापकले पुस्तकमार्फत दाबी गरेका छन् । भारतीय गतिबिधिले नेपालमा भारतबिरोधी भावना बढे पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेकोमा मोदी डक्ट्रिन सफल भएको पुस्तकमा उल्लेख छ

संविधान जारी लगत्तैको आर्थिक नाकाबन्दी र त्यसअघिको बिदेश सचिव जयशंकरको नेपाल भ्रमणले भारतबिरोधी भावना बढाएको पुस्तकको बिश्लेषण छ । । नेपालमा भारतीय नाकाबन्दीपछि चीनले ठूलै लाभ प्राप्त गरेको लेखेकको बुझाई छ । एक भूपरिबेष्ठित राष्ट्रका रुपमा नेपालले भारतमा धेरै भर नपर्ने भन्दै चीनसँग धेरै खालका सम्झौता गरको समेत पुस्तकमा उल्लेख गरिएको छ ।
‘प्रधानमन्त्री मोदी दुईपटकको काठमाडौं भ्रमणमा अति लोकप्रिय पुस्तक मा नेपाल भ्रमणमा मोदी अति लोकप्रिय भएको समेत उल्लेख छ । उनले नोभेम्बर २०१४ मा १८ औं सार्क सम्मेलनका लागि नेपाल भ्रमण गरेका थिए । पुस्तकबारे चर्चा गर्दै समाचारमा भनिएको छ ,‘लेखकले नेपालमा मोदी डक्ट्रिन असफल भएको देखेनन् । सेप्टेम्बर २०१५ मा भएको आर्थिक नाकाबन्दीले भारतबिरोधी भावना बढायो । संविधान जारी गर्नु दुई दिन अघि भएको बिदेश सचिव जयशंकरको भ्रमण नेपालमा ठूलो मुद्धा बन्यो ।’ आर्थिक नाकाबन्दी र जयशंकरको भ्रमणलाई नेपालको राजनीतिक नेतृत्वले  नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको रुपमा लिएको यधपी, परिणामस्वरुप प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रतिस्थापन गरिएको लेखकको पुस्तकमा उल्लेख छ ।

नेपाली नागरिकहरुले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउन भारतले भूमिका खेलेको ठानेको पुस्तकमा उल्लेख छ ।
पुस्तकको फोरवर्ड सौर्य डोबलले लेखेका छन् । उनी मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका छोरा हुन् । उनी भाजपा निटक थिङकट्यांक इण्डिया फाउण्डेसनका निर्देशक हुन् ।

प्रधानमन्त्री भएको पहिलो बर्षको अन्त्यसम्ममा १८ देशको भ्रमण गरेका मोदीले सन् २०१६ को जुलाईसम्ममा ४२ देशको भ्रमण गरे, यति छोटो समयमा यति धेरै भ्रमण कुनै पनि भारतीय पूर्ब प्रधानमन्त्रीले गरेका थिएनन् ।
पुस्तकमा प्रधानमन्त्री मोदीले सार्क र छिमेकीलाई प्राथमिकतामा राखी सबै सार्क देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथग्रहण समारोहमा बोलाएको, त्यसैगरी भ्रमणको शुरुवात भुटान र नेपालबाट गरेको उल्लेख गर्दै नेपालप्रति महत्व दिएको बताइएको छ ।