पाँच घण्टापछि खुल्यो अवरुद्ध राजमार्ग

धादिङ /धादिङको गजुरीमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग ५ घन्टा पछि सन्चालनमा आएको छ । काठमाडौबाट गोरखाको बारपाक जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका गजुरीका ८ बर्सिय विजय परियारलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएपछि स्थानीय र बिद्यार्थीले राजमार्ग अबरुद्ध गरेका थिए ।
यातायात व्यवसायी समितीलाइ सम्पर्कमा ल्याई चालकलाई कारबाही र उचित क्षतिपुर्ति दिलाउने सहमती भएपछी पाँच घण्टापछि अवरुद्ध राजमार्ग सुचारु गरिएको हो ।

जेब्रा क्रसिङमा भएको सवारी दुर्घटना पछि आक्रोसित स्थानीय र बिद्यार्थीले ठक्कर दिएको बस तोडफोड सँगै आगजनी पनि गरेका थिए् । ट्राफिक प्रहरीले नियमन राम्रो नगर्दा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरी र चालकलाई कडा कारबाहि सहित उचित क्षतिपुर्तिको माग पीडितहरुले गरेका छन ।

लामो समय देखि राजमार्ग अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेपेका छन् ।