बसको ठक्करबाट गजुरीमा एक विद्यार्थीको मृत्यु, ठक्कर दिने बसमाथि आगजनी

धादिङ/धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बाटो क्रस गर्दै गरेको एक जना बालकलाई बसले ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको छ ।

काठमाडौबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले गजुरीको आदर्श माध्यमिक विद्यालयमा पढ्ने अन्दाजी ८ ९ बर्षको विजय परियालाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको हो । मृतक बालकको आफन्त र स्थानियले अहिले गजुरीमा प्रदर्शन गरिरहेका छन् ।

साथै आक्रोसित समुहले ठक्कर दिने बसमाथि तोडफोड र आगजनी समेत गरेका छन्। पृथ्वी राजमार्गको गजुरी खण्ड अहिले अवरुद्ध छ ।