टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

चितवन/दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ ।

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भए पनि टीकाको दिन भने १०० प्रतिशत नै बुकिङ भएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘ टीकाको दिन भरतपुर आउने टिकट १०० प्रतिशत नै बुक भएको छ । अहिले अनलाइनबाट टिकट काट्ने क्रम बढेकोले पनि समयमा नै टिकट बुकिङ गर्ने क्रम बढेको छ ।’