रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन सम्पन्न

रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार साँझ दियालो फुडल्याणमा आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गरिन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रो. रविन्द्र कुमार पियाले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।

कार्यक्रममा उत्कृष्ट रोटर्‍याक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२१/२२ का अध्यक्ष किशोर रिजालले विभिन्न अवार्डहरु प्रदान गरेका थिए । निवर्तमान अध्यक्ष रोट्.किशोर रिजालले वर्ष २०२१/२२ का कार्यक्रम विवरण पेश गरेका थिए भने वर्ष २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो भावी योजना प्रस्तुत गरेकि थिईन्।

प्रमुख अतिथिमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर रो.रविन्द्र कुमार पिया, विशिष्ट अतिथिहरुमा असिस्टेन्ट गभर्नर वर्ष २०२२/२३ जोन ३३ का रो.ई.सुरेश बहादुर शेन ठकुरी र चितवन उद्योग सङ्घका अध्यक्ष रो. त्रिलोचन कडेल उपस्थित थिए। साथै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रो.भोला जोशी, रोटर्‍याक्टका संस्थापक रोट्. दिवश श्रेष्ठ, टुईन रोटर्‍याक्ट क्लव, रोटर्‍याक्ट क्लव अफ डिल्लीबजार-काठमाडौंका अध्यक्ष रोट्. छविलाल देवकोटा, सिस्टर क्लवका निर्वाचित अध्यक्ष रोट्. लवि तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईट र रोटर्‍याक्ट क्लव अफ डिल्लीबजार-काठमाडौंबीच टुईनसीप हस्ताक्षर गरिएको थियो।


कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष रोट्.सुरज भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने वर्ष २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले सम्पूर्ण उपस्थितिलाई मायाको चिनो प्रदान गरेकी थिईन्।कार्यक्रम सचिव अनिष काफ्ले, उपाध्यक्ष श्व़ेता दुलाल, निर्वाचित अध्यक्ष सुरज भण्डारी र सर्भिश प्रोजेक्ट चियर नितिशा सेढाईले संचालन गरेका थिए । उक्त कार्यक्रमा १०० भन्दा बढीको उपस्थिति रहेको थियो।