कुरिनघाटमा महिलाको शव फेला

चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पृथ्वी राजमार्गको सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको हो। रातको समयमा गाडीबाट खसेको हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।