लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन

काठमाण्डौ/लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाण्डौलाई निर्देशन दिइएको छ । यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न/नगराउन पनि निर्देशन दिएको छ ।