गायिका मेलिना राईले प्रेमी सञ्जीवसँग तोडिन इन्गेजमेन्ट

काठमाण्डौ/गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिएको बताएकी छिन् । आज शुक्रवार आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेको गायिका राईले सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । तर हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

यस्तै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने तर्क गरेकी छिन् । आजकै मितिदेखि आफू र प्रेमी रसाइलीबीचको इन्गेजमेन्ट तोडिएको गायिका राईले फेसबुकमा लेखेकी छिन् ।