चितवनको सैनिक महाविधालयले माग्यो ७ जना शिक्षक र १ कर्मचारी

चितवन/चितवनको सैनिक महाविधालयले ७ जना शिक्षक र १ कर्मचारी माग गरेको छ ।
खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएको हो ।

विज्ञापनमा पूर्णकालिन र करार गरेर कम्प्युटर विज्ञान, गणित रसायन शास्त्र, नेपाली, बिजनेश स्टडी, चित्रकला र संगीत रहेका छन् । त्यसैगरी एक जना कर्मचारीमा पाले रहेका छन् । शिक्षक पदको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएर उतीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।
हरेक पदका लागि साउन ३० गतेसम्म आवेदन दिन सकिने महाविधालयले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।