मनकामना केबलकार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने

कुरिनटार/गोरखाको पवित्र धार्मिकस्थल मनकामना मन्दिर जाने मनकामना केवलकारको सेवा यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ । प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार बन्द हुने भएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो । कम्पनीको अनुसार एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको काम अघि बढाउन लागिएको छ ।