नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सुचारु

चितवन/अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी बाटो सुचारु भएको छ । आज विहान २ः३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाई अहिले बिहान ९:१० बजेबाट दुईतर्फी बाटो सुचारु भएको  प्रहरीले जानकारी दिएको हो ।
सोमबार राति पनि पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो।