नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेपछि अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सोही लेदोसहितको पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको मिनी ट्रक समेत फसेको छ ।