कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु

काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।