चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल रोवीले पाए अन्तर्राष्ट्रिय अवार्ड

चितवन/चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कारण शुक्रबार अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा संयुक्त राज्य अमेरिका-भारत एसएमई काउन्सिलले उक्त अवार्ड प्रदान गरेको हो ।


वाशिंगटन, डीसीमा, माननीय थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधि, र यूएस इन्डिया एसएमईका लागि मुख्य कार्यकारी अधिकारी श्री एलिशा पुलिवार्तीले उहालाई सम्मानित व्यक्तिहरूको ठूलो समूहको अगाडि पदक प्रदान गरिएको हो । अमेरिकामा उपलव्ध गराइएको उक्त प्रतिष्ठित अवार्ड नेपालकै इतिहासमा यो पहिलो हो ।
शिक्षा क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर स्वरुप प्रदान गरिएको अवार्डले आफुलाई अत्यन्त उत्साहति बनाएको भन्दै गौरवको अनुभुति गरको स्कुलका प्रिन्सिपल फादर रोवीले बताउनुभयो । विगत १२ वर्षदेखि लिटिल फ्लावर स्कुलमा आवद्ध रहनु भएका रोवी आठ वर्षदेखि प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ । उहाँकै नेतृत्वमा स्कुलले शिक्षा क्षेत्रमा हरेक वर्ष फड्को मार्दै आइरहेको छ ।