अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबर पक्राउ

काठमाण्डौ/अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट घर भइ काठमाण्डौ बस्ने रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।