कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न काङ्ग्रेसमा देउवालाई दबाब।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटकाे तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।