सरोज र रामकुमारीको ‘हातको औंठी’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक सरोज विरही कार्की र रामकुमारी पुनको ‘हातको औंठी’ बोलको लाेक दाेहारी गीत सार्वजनिकभएको छ । 

गितमा शब्द तथा सङ्गीत स्वंम गायक कार्कीको रहेको छ । विनोद बाजुरेलीको म्यूजिक एरेन्ज रहेको यस गितमा मिक्स मास्टरिङ खडक बाजुरेलीले गरेका हुन् । 

राजेश घिमिरेको छायांकनमा तयार पारिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल विजय पुन र पेरीशा कँडेलको अभिनय रहेको  छ । 

भिडियोको निर्देशन रविन शाहले गरेका छन् भने रंग संयोजन तथा सम्पादक अमृत चापागाँईले गरेका हुन् । यस गितको भिडियोलाई रविन शाह क्रियशन नामक युट्बु च्यानलबाट सार्वजनिक गरिएको छ ।