मनकामना फुलवारी रिसोर्टमा काभ्रेका एकजना मृत भेटीए

मनकामना/बिजयराज काफ्ले/ गोरखाको शहिदलखन गाउँपालिका-३ मनकामनामा रहेको मनकामना फुलवारी रिसोर्टमा एकजना कामदार मृत भेटीएका छन् ।काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका-५तुसारेका २३ बर्षका रामहरि गौतम मृत भेटीएका हुन् ।

हिजो बेलुका खाना खाएर रिसोर्ट भित्रकै कोठामा सुतेका उनी बिहान अबेर सम्म पनि नउठे पछि उठाउन जाँदा मृत भेटीएका हुन। उनी सगैँ कोठामा अरु दुईजना काम गर्ने साथीहरु पनि सुतेका थियो । अहिले घट्ना स्थलमा प्रहरी पुगेको छ। घटना के कारणले र कसरी भएको हो भन्ने कुरा पोस्ट माट्म रिपोर्ट पछि मात्रै थाहा हुने ईलाका प्रहरी कार्यालय ,मनकामनाका प्रहरी प्रमुख सहि कृष्ण मुरारी पौडेलले जानकारी दिनुभयो । उनी एक महिना अघि मात्रै  रिसोर्टमा खाना बनाउने काममा आएका थिए।