थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा थप १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।