मेघौलीमा बाघको आक्रमण्बाट एक जनाको मृत्यु

चितवन/निउरो टिप्न जंगल गएकी चितवन मेघौलीकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो ।

उनको वेपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ । बाघ धपाउन सेनाले पाँच राउण्ड हवाई फायर गरेको छ । युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको शवको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।

स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९/१० जना महिला निउरो टिप्न गएका थिए।