रुवा खोला पुलबाट टिप्पर खस्दा चालक गम्भिर घाइते

तनहुँ/मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।आज (विहिबार) विहान ४ बजे ग १ क ४४६९ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मुग्लिङ आबुखैरेनी सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल टिप्पर खस्दा चालक गम्भिर घाइते भएका हुन् । घाइते म्यादे गाँउपालिका ७ का रामबहादुर दमैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।