बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौ/प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्नुपर्ने मागसहित विरोध गरेपछि आज मंगलबार बसेको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

एमालेले बजेट बनाउँदा अर्थमन्त्री शर्माले बाहिरी मानिस घुसाएर राजश्वको दर हेरफेर गरेको आरोप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका थिए । त्यसपछि एमाले सांसदहरू आआफ्नो ठाउँबाट उठेर संसद अवरोध गरेका थिए।