सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अछाम/सर्पको टोकाइबाट अछाममा एक महिलाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ की ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

६ महिनाको गर्भवती रहेकी शाहिलाई सोमवार राति सर्पले टोकेको थियो । परिवारले गाउँमै झारफुक गरी बिहान अस्पताल ल्याउने तयारी गरिरहेको बेला उहाँको मृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।