देश पुनः आर्थिक संकटतर्फ लाग्यो

काठमाण्डौ/चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक उपभोग्य सामग्रीसमेत भित्र्याउन आर्थिक समस्या हुने देखिएको छ । जसका कारण मुलुक पुनः आर्थिक संकटतर्फ उन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ ।

देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढ्यो

शोधनान्तर स्थिति २ अर्ब ४१ करोडले घाटामा

रेमिट्यान्स आप्रवाह ० प्रतिशत २ प्रतिशतले मात्र वृद्धि

चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा

पुँजीगत ट्रान्सफरमा ४१ प्रतिशत ३ प्रतिशतले कमी

गत आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा गएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।