भरतपुरको कार्यपालिकामा कांग्रेसको बहुमत

चितवन/भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको छ । ३९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको हो । महानगरपालिकाको कार्यपालिकामा कांग्रेसका मात्रै २३ सदस्य पुगेका छन् ।

कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। महानगर उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी छन् । मंगलवार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् ।

त्यस्तै महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित ७८ जना कांग्रेसका छन् ।