बाजुराको बूढीगङ्गामा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय

बाजुरा/यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
आज बिहीवार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।