युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनायो

एजेन्सी/युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् ।

तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण नियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यस क्षेत्रमा पर्छन् ।

रुसले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौँ सेना परिचालन गरेको छ । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले अब सबै कुरा डोनबासमा केन्द्रित भएको र २५ वटा रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको बताउनुभएको छ ।