भरतपुरमा जन्मने प्रत्येक छोरीको निशुल्क बिमा, भरतपुरबासीले अब निशुल्क खानेपानी पाउने !

चितवन/भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख(मेयर) रेनु दाहालले आज बुधबार बिहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् ।

उनले अब भरतपुरमा जन्मिने प्रत्येक छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गरिन् भने भरतपुरभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णय गरेकी छन ।

छोरीलाई गरिने बिमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै प्रत्येक महिना एक परिवारलाई ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने उल्लेख जानकारी गराएकी छन् ।