भरतपुर महानगरमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

भरतपुर/चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मंगलबार राति सपथ ग्रहण गरेका छन् ।जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण गराएका थिए । दाहालले देश र जनताको हितमा काम गर्ने सपथ खाएकी थिइन् । लगत्तै प्रमुख दाहालले नवनिर्वाचित उपप्रमुख चित्रसेन अधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।

महानगर प्रमुख दाहालले सामूहिक रुपमा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ खुवाईएकी थिइन् । सपथ ग्रहणअघि जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।निर्वाचित जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गर्दैछन् । भरतपुर महानगरमा कुल १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।