गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

गुल्मी/प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार गुल्मीको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हो।
पक्राउ पर्नेमा शिक्षक निलकण्ठ बस्याल र प्रकाश भट्टराई रहेका छन् ।
बस्यालले २०७८ भदौ महिनादेखि र भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताए ।

उनिहरुमाथि प्रहरीले  अनुसन्धान थालेको छ ।