भरतपुरमा तेस्रोपटक मतगणना स्थगित, सर्बदलिय बैठक बस्दै।

चितवन/भरतपुर महानगरपालिकाको मतगणना फेरी अवरुद्ध भएको छ। गणनाका क्रममा नेकपा एमालेका प्रतिनिधिले कर्मचारीले नै धाँधली गर्न खोजेको आरोप लगाएपछि मतगणना अवरुद्ध भएको हो।

मेयरतर्फ सूर्य र हलोमा एकै छाप लगाउँदा मत बदर भएको र रुख र हँसिया हथौडामा एउटै छाप भएको मतपत्र सदर गरिएको भन्दै एमालेले विरोध गरेपछि गणना अवरुद्ध बनेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सहमतिको प्रयास भइरहेको छ। निर्वाचन अधिकृत रुख र हँसिया हथौडामा मतपत्र पनि बदर गर्न सहमत भएका छन्।
तर एमालेले असन्तुष्ट जनाउँदै बाहिरिएपछि गणना सुरु हुन सकेको छैन भरतपुरमा यो तेस्रोपटक मतगणना स्थगित भएको हो।मतगणना शुरु गराउन सर्बदलिए बैठक राखिएपनि १२ बजेसम्म सुचारु भने हुन सकेको छैन