रौतहटमा मतपेटिका लुटपाट

रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।

 मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् ।

भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।