मतदान गरी घर फर्कने क्रममा हावाहुरीले ढलाएको रूखले लागेर एक जनाको मृत्यु

सुर्खेत/हावाहुरीले रूख ढलाउँदा सुर्खेतको वीरेन्द्रनगर–२ रानीघाटमा एक जनाको मृत्यु भएको छ । दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले ढलाएको सिमलको रूखले लागेर स्थानिय लालबहादुर पुलामीको स्थलमै मृत्यु मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।