मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सीसहित एक जना पक्राउ

कपिलबस्तु/मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको छ । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्दै गरेको अवस्थामा आज (बुधवार) प्रहरीले रक्सी बरामद गरेको हो ।

लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार बाँड्न लागेको रक्सी सहितको भ्यान र  एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।