गुल्मीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

गुल्मी/माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा दुई जनाको ज्यान गएको छ ।

गुल्मीका एसपी भीमबहादुर दाहालका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको ज्यान गएको हो ।

अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अवस्थामा शव फेला परेको उनले बताए । दुवै जनाको शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।