आईपीएलमा बेङ्ग्लोरको दोस्रो जित

काठमाण्डौ/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १र१ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।