मेरो जित सुनिश्चित भैसकेको छ: शिरिष पन्त

चितवन/भरतपुरका उदयीमान युवा व्यवसायी शिरिष पन्तले उबासंघको आसान्न निर्वाचनमा आफ्नो जीत सुनिश्चित भैइसकेको बताएका छन् । बाणिज्य तर्फबाट उपाध्यक्षका उमेदवार रहेका पन्तले बिगतका दुई कार्यकालमा व्यावसायिक हकहितमा आफुले गरेकोे कामको आधारमा आफुलाई ब्यबसायीहरुले मत दिई जिताउने दाबी गरेका हुन्।
भरतपुर बाईपास क्षेत्रमा उत्सव हार्डवेयर संचालन गरिरहेका पन्त व्यवसायीहरु माझ निकै लोकप्रिय नाम हो । २ दशकदेखि व्यवसायिक क्षेत्रमा सक्रिय पन्त चितवनका ब्यबसायीहरु बिच चिर परिचीत नाम हो। हो उनै उदयीमान युवा व्यवसायि पन्त अहिले उद्योग वाणिज्य संघ–चितवनको वाणिज्यतर्फको उपाध्यक्ष पदमा उम्मेद्बारी दिई उबासंघको चुनावी मैदानमा उत्रिएका छन् ।

यस अघि नै दुई कार्यकाल निर्वाचित कार्यसमिति सदस्य भई सक्रिय भुमिकाको साथै अनुभव र दक्षता हासिल गरीसकेका पन्त अहिले पदाधिकारीमा उम्मेद्वारी दिएर व्यवसायिक हकहितमा लागि पर्न चुनावी मैदानमा उत्रिएका हुन् ।

तीन वटा उद्योगमा समेत संचालक रहेका युवा व्यवसायि पन्तले हार्डवेयरसंगै भरतपुर रेडिमिक्स, नेपाल, नेश्नल पेन्ट्सलगायत उद्योग संचालन गरेका छन् । व्यवसायसंगै उद्योग स्थापना गरेर २ सय भन्दा बढीलाई रोजगारी दिने पन्त चितवनका सफल र असल व्यवसायी हुन ।
कोरोना भाइरसको सन्त्रास फैलिएको बेला स्वास्थ्य सचेतना कार्यक्रममा सक्रिय रहेका पन्त उद्योग वाणिज्य संघकै स्वास्थ्य समितिको संयोजक रहेर मजदुर तथा व्यवसायीहरुलाई स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहे । पन्तकै सक्रियताले उबासंघले व्यावसायीहरुलाई कोभिड बिमा मार्फत केहि राहत उपलब्ध गराउन सफल भएको ब्यबसायीहरुले स्वयं अनुभव गरेकाले पनि पन्त झन ब्यबसायी माझ स्थापित भएका छन। फ्रन्टलाइनमा रहेर कार्य गर्ने ट्राफिक प्रहरीदेखि स्वास्थ्यकर्मीहरुलाई उनले स्वास्थ्य सुरक्षा सामग्री वितरणमा तल्लिन रहेका थिए । त्यसबेला व्यवसायीमा परेका समस्याका लागि उनी कहिल्यै पनि पछि हटेनन् ।

यसपटक उनी कर समस्या र पार्किङको समस्या समाधानका लागि आफ्नो उम्मेद्बारी रहेको बताउछन् । त्यसका लागि पदाधिकारीमा निर्वाचित हुन आवश्यक रहेको पन्त बताउँछन् । ‘व्यवसायीका ठूला समस्या हल गर्न पदाधिकारीमा पुग्न आवश्यक छ, कर, पार्किङलगायतका समस्या समाधान गर्न व्यवसायीहरुले मलाई मत दिनुहुन्छ भन्ने अपेक्षा छ’–व्यवसायी पन्तले भने ।
दुई कार्यकाल कर्पोरेटतर्फको सदस्यमा निर्विरोध निर्वाचित भएका पन्त रोटरी क्लब अफ चितवन, लायन्स क्लब चितवन राइजको सदस्य, युथफर व्लड चितवनको सल्लाहकारका रुपमा सामाजिक काममा समेत सक्रिय छन्। “म साझा उम्मेदवार हुँ”, उनले भने, “यसपाली प्यानल कसैको छैन, यसपाली युवाको नेतृत्व जरुरत छ ” त्यसैले मेरो जीत सुनिश्चित भैसकेको छ, पन्तले भने । ब्यबसायीका माझ सरल, ब्यबसायमा सफल, व्यबहारमा असल सकारात्मक सोंच र समन्वयात्मक शैलीका पन्तको बिजयले ब्यबसायीहरुको हित हुने स्वयं आम ब्यबसायीहरुले बताउने गरेकाले पनि पन्तको जित सुनिश्चित भएको जानकारहरु नै बताउन थालेका छन।