चितवनमा हाइपरफण्डको धन्दा बढ्दै ! प्रहरी प्रशासन बेखबर ?

पिडीतहरु ठगीदैं तर उजुरी गर्दैनन् किन ?, सीआईबीले अनुसन्धान गर्दै ।

सुर्य बराल/चितवन/जिल्लामा भर्चुअल मुद्रा हाइपरफण्ड र क्रिप्टोकरेन्सी लगाएतका अबैध डिजीटल नेटवर्किङ धन्दा बढ्दै गईरहेको पाईएको छ । चितवनको भरतपुर, नारायणगढ, पुर्बी चितवनको टाँडी, पर्सा लगाएत नवलपुरको गैडाकोटमा यस्तो खाले अबैध धन्दाको बाढी नै चलेको पाईएको हो ।
भर्चुअल क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा नेपालीहरुले दैनिक करोडौं रकम राख्ने गरेका छन् । चितवन र आसपासका क्षेत्रका सयौं ब्यबसायी, डाक्टर, ईन्जिनियर लगाएतका हजारौं मानिसबाट दैनिक पिरामिडमा आधारित नेटवर्क मार्केटिङ ‘हाइफर फण्ड’ मा आवद्ध भईरहेका छन् ।
यस्ता गैह्रकानुनी नेटवर्किङमा सम्लग्नहरु दैनिक आम सर्बसाधरणलाई फसाउदै आफु लाखौं करोडौ कमाईरहेका छन् । राष्ट्रबैंकले समेत नेपाली अर्थतन्त्रलाई डामाडोल बनाउने अबैध धन्धा क्रिप्टो र हाइपरफन्डलाई प्रतिबन्धित गरिसकेको छ ।
तर त्यहि अबैध धन्धा गर्नेहरु निर्वादरुपमा छाती चौंडा गर्दै जिल्लामा हिडीरहेको भएपनि उनीहरु कानुनको फन्दामा पर्न सकेका छैनन् । यस्तो विदेशी विनिमय वा मुद्राको रुपमा सञ्चालित क्रिप्टोकरेन्सीका गैरकानूनी कार्यले सर्वसाधारण ठगिने जोखिम बढीरहेको भएपनि सरकारको प्रहरी प्रशासन भने पुरै बेखबर रहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीसँग यसबारे बुझ्दा उनले जिल्लामा यसबारे आफुलाई केही जानकारी नभएको बताए । उनले जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म त्यस्तो ब्यबसायबाट ठगिएको उजुरी नआएको पनि जानकारी दिए ।
‘उजुरी नपरेको भएपनि यस्तो गैंह्रकानुनी कार्यमा संम्लग्नहरुको पहिचान गरी नियन्त्रण गर्ने निती लिनुपर्नेमा प्रहरी उजुरी नपरेको’ भन्दै मुकर्दशक बस्नुले ‘गैहकानुनी कार्य गर्नेहरुको मनोबल बढनेछ’ एक सहकारी कर्मीले बताए ।
सीआईबीले अनुसन्धान गर्दै ।
यसैबिच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले क्रिप्टोकरेन्सी र हाईफरफण्ड तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको अनुसन्धान गर्ने भएको छ ।
ब्युरोले केहीदिन अघि एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफण्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबारमा संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराईदिन आमसर्बसाधरणसँग अनुरोध गरेको छ । क्रिप्टो र हाइपरफन्डमा संलग्न हुनेहरूको बिबरण एवं सुचना दिन सर्वसाधरणलाई आग्रह गर्दै सीआईबीले नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको स्मरण गराउँदै यस्तो गैर कानुनी कार्यमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।