आज एकैदिन ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् ।