अझै भेटिएनन् धादिङमा पहिरोमा पुरिएका ३ जना, खोजीकार्य आजपनि जारी

धादिङ/धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा सडक निर्माणकाक्रममा हिजो पहिरो जाँदा स्काभेटरभित्र रहेका तीन जना पुरिएर बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै अज्ञात छ ।  पहिरोमा परि बेपत्ता भएका ३ जनाको आज पनि खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो । उ
हाँका अनुसार स्काभेटर चालक काभ्रेका २८ वर्षका आकाश तामाङ, सहचालक १९ वर्षका राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षका अनिश तामाङ बेपत्ता हुनुहुन्छ । पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजीका लागि ३ पटक गरेर हेलिकप्टरले नेपाल आर्मी, सशत्र र प्रहरी घटना स्थल लगेको थियो । पहिरो ठुलो र मौषम प्रतिकुलताका कारण वेपत्ताहरुको उद्दार गर्न नसकिएको र आज बिहानै देखि फेरि खोजीकार्य जारी रहने प्रहरीले जनाएको छ ।

खोजीमा नेपाल आर्मी २० जना ,सशस्त्र प्रहरी बल धादिङबाट ११ जना, नेपाल प्रहरी बाट ५ जना र स्थानीयहरु सहभागी रहेका छन् ।