आज देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डौं/देशका धेरै ठाउँको मौसम आज सफा हुने मौसमविद्ले बताएका छन् ।

तर आकाशमा थोरै जलवाष्पयुक्त हावा रहेकाले प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन देशका धेरै ठाउँको मौसम सफा रहने देखिएको महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले बताउनुभयो । मौसम सफा भएसँगै बिहान बेलुकी चिसो बढ्ने उहाँको भनाइ छ ।