१० किलो चरेससहित एक महिला पक्राउ

पर्सा/१० किलो चरेससहित प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट एकजना महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार राति रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई
पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।