मोटरसाइकल चोरीको अभियोगमा ६ जना पक्राउ

चितवन/चितवनलगायत अन्य जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोटरसाईकल चोरी कार्यमा संलग्न ब्यक्तीहरुको खोज तलास गर्ने क्रममा मोटरसाईकलहरुको स्वरुप तथा नम्बर प्लेट परिवर्तन गरेको चार वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ का रूपेश गुरूङ, पर्साको बारागढी नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ का रूपेश चौधरी, सोही स्थानका वर्ष १९ का रमेश पासवान, चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गरी बस्ने वर्ष ३८ का दिपेन्द्र कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३० का दावा तामाङ र कालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष २० का मंशिस चौधरी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट सेतोंकालो रंगको यामाहा कम्पनिको R15 मोटरसाईकल थान १ थान (नम्बर प्लेट हटाईएको अबस्थामा फेला परेको), बागमती प्रदेश ०३–०२ प ४१९१ नं. को NS २०० मोटरसाईकल थान १, प्रदेस २–०३–०१३ प ४६६९ न. को २०० सिसिको अपाचे मोटरसाईकल थान १ (वीरगञ्जबाट चोरी भएको) र रातो कालो रङ मिक्स भएको ना ५० प ७४८३ न. को NS २०० सिसि को मोटरसाईकल थान १ बरामद गरेको छ ।

उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।