धान कुट्ने मिलमा सल बेरिएर एक महिलाको मृत्यु

अछाम/कुटानी पिसानी मिलमा सल बेरिएर अछामकाृ चौरपाटी गाउँपालिका–४ पायलमा एक महिलाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।
धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।