चितवनमा थप ८१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४० पुग्यो

चितवन/पछिल्लो २४ घण्टामा चितवनमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा संक्रमण देखिएको हो ।

हिजो ४७ जनामा कारोना पोजिटिभ देखिएको थियो ।
आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।

हालसम्म २७ हजार ४४९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।