चितवनका ४७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन/चितवनमा दैनिक फाट्टफुट्ट देखिएको कोरोना संक्रमण दुई दिन यता ह्वात्तै बढेको हो ।

हिजो सोमबार ४१ जनामा देखिएको कोरोना संक्रमण आज बढेर एकाएक ४७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा दुई जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना कोरोना संक्रमित विगत २४ घण्टामा थपिएका छन् ।

योसँगै चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६२ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा १५५ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणको कारणले ४३७ जनाले ज्यान गुमाएका छन् ।